राष्ट्रपति पौडेलद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण – Nepalboli

राष्ट्रपति पौडेलद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण

   २०८३ असार ११, बिहीबार  

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम बिहीबार सो विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । सङ्घीय संसद्‌का दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागु हुने संवैधानिक व्यवस्था छ ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै