डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य – Nepalboli

डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले बढ्यो मूल्य

   ३१ श्रावण २०८०, बुधबार  

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो। निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले बताएको छ।

यो सँगै पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

समायोजन भएको मूल्य मंगलबार रातिबाट लागू भईसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै