चिकित्सक सङ्घद्धारा मेडिकल काउन्सिल र सीआईबीका पदाधिकारीलाई कारबाही गर्न माग
नेपाल बोली
२९ श्रावण २०८०, सोमबार
नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले डा रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ ।
सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र सीआईबीका अनुसन्धानकर्तामाथि छानबिन र कारबाहीको मागसमेत गरेको छ ।
सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकारको त्रुटिपूर्ण अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा समेत गम्भीर प्रश्नचिह्न खडा भएकाले यस कार्यमा संलग्न नेपाल मेडिकल काउन्सिलका पदाधिकारी तथा सीआईबीका अनुसन्धानकर्तामाथि अविलम्ब छानबिन गरी कडाभन्दा कडा कानूनी कारबाही गर्न जोडदार माग गर्दछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै