समातिएका सुन ब्रेक सुबाट निकालेर तौल गर्दा ६० केजी पुुग्यो
गएको साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको अवैध सुनको तौल ६० किलो देखिएको छ । सोमवार ब्रेक सुुवाट निकालिएर पघाले पछि तौल गरिएको छ । सुनहरुको गुणस्तर मंगलबार जाँचिने भएको छ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० केजी सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच हुँदै छ। उक्त सुन ब्रेक सुबाट निकालेर छुट्याउँदै तौल गरिएको टक्सार महाशाखाले जनाएको छ।
अहिलेसम्म सुन मात्रैको तैल ६० केजी ७८९ ग्राम भएको छ।
महाशाखा प्रमुख थानेश्वर आचार्य अझै पनि सुनको एकिन तौल आउन बाँकी रहेको बताएका छन्। ‘सुन भनिएको वस्तु कस्तो गणस्तरको छरु पहिले परीक्षण गर्छौँ। त्यसपछि एकिन तौल आउँछ’, उनले भने।
राजस्व अनुसन्धान विभाग, सीआईबी र नेपाल राष्ट्र बैंकका प्रतिनिधिको रोहबरमा सुन लुकाइएको ब्रेक सुको कार्टुन खोलेर जोखिएको हो। सबै सुन जोखिसकेपछि बेलुकादेखि पगाल्ने काम अघि बढाइने आचार्यले बताएका छन्। उनका अनुसार ब्रेक सुसहित बरामद सामानको परिमाण १५५ केजी थियो।