झापाको विर्तामोड र सिरहाको लहानमा कृतिम हात खुट्टाको लागि नापजाँच शिविर हुने – Nepalboli

झापाको विर्तामोड र सिरहाको लहानमा कृतिम हात खुट्टाको लागि नापजाँच शिविर हुने

   २९ श्रावण २०८०, सोमबार  

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले कोशी र मधेश प्रदेशमा कृतिम हात खुट्टाको लागि नापजाँच शिविर आयोजना गर्न लागेका छन । संगठनले कोशी प्रदेशको झापाको विर्तामोड र मधेश प्रदेशको सिरहाको लहानमा उक्त शिविर आयोजना गर्ने जनाएको छ ।

संगठनद्धारा आयोजना हुने शिविर नारायण सेवा संस्थान उदयपुर, भारत को प्राविधिक सहयोग मा हुन गैरहेको छ । कृतिम अंगको लागि नापजाँच शिविर कोशी प्रदेशको झापाको बिर्तामोडमा आउदो भदौ २२ गते र मधेश प्रदेशको सिराहाको लाहानमा भदौ २४ गते हुने छ ।

शिविरमा नारायण सेवा संस्थान उदयपुर बाट आएका प्राविधिकहरु द्वारा शारीरिक रूपले अस्वस्थ (हातखुट्टा नभएका) महानुभाव ज्यु हरुको कृतिम अंग निर्माण का लागि नापजाँच गरिनेछ। शिविर पूर्णत निःशूल्क रहने र कुनै पनि प्रकारको दर्ता वा अन्य कुनै शूल्क नलाग्ने संगठनले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै