विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब नाघ्यो, सर्वसाधारणका लागि सेयर जारी गर्ने – Nepalboli

विद्युत प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब नाघ्यो, सर्वसाधारणका लागि सेयर जारी गर्ने

   २५ श्रावण २०८०, बिहीबार  

नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । प्राधिकरणका निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् ।

सर्वसाधारणलाई सेयर जारी गर्न प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको घिसिङले बताए । उनले प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब भन्दा धेरै फाइदा कमाएको जानकारी समेत दिए ।

“आर्थिक वर्ष ०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको छ ” कार्यकारी निर्देशक घिसिङले भने । यो अघिल्लो वर्षको भन्दा केही कम हो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा १३ अर्ब ३७ करोड पुगेको थियो । तर, त्यसअघिको वर्ष प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ मात्रै थियो ।

प्राधिकरणले मुख्यत विद्युत बिक्रीबाट आम्दानी गर्दै आएको छ । घिसिङका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने योजना रहेको समेत सुनाए । उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै