नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा काग्रेस सांसद सुनिल शर्मा पक्राउ
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सा अभ्यास गरिरहेको आरोपमा सीआईबीले २०७३ सालमा ‘अपरेसन क्वाक’ चलाएको थियो। त्यो बेला भने उनी पक्राउ पर्नबाट जोगिएका थिए। सोही मुद्दामा ७ वर्षपछि उनी पक्राउ परेका हुन्।
नक्कली डाक्टर प्रकरणु भनिएको उक्त मुद्दामा केही समातिए भने केही फरार भए । फरार रहेका ६६ जनामा एक थिए शर्मा। तत्कालीन समयसम्म आफूलाई चिकित्सकका रुपमा चिनाउने शर्मा पनि सीआईबीले तयार पारेको नक्कली डाक्टरको सूचीमा थिए ।
नेपाल मेडिकल काउन्सिलमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सा अभ्यास गरिरहेका डाक्टरहरुमा उनको नाम समेत राखेर अनुसन्धान भइरहेको थियो। पक्राउ पर्ने सम्भावना देखिएपछि त्यो बेला उनले देश छाडेका थिए ।
पूर्व सांसद समेत रहेका नवराज सिलवाल प्रमुख रहेको सीआईबीले सुरु गरेको उक्त प्रकरणले पछि निरन्तरता पाएन। सिलवालले २०७३ सालमा आईजीपी हुने प्रयास गरे। तर सरकारले जयबहादुर चन्दलाई बनाएपछि बाहिरिएर २०७५ सालमा सांसद निर्वाचित भए ।
सीआईबीले त्यसपछि उक्त फाइललाई अघि बढाएन। त्यो बेला पक्राउ पर्नबाट जोगिएका शर्मा गएको निर्वाचनमा मोरङ ३ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भए।
पछिल्लो समयमा काग्रेस संसद शर्मा आफनै पार्टीका मन्त्री र सतागठबन्धनका सरकार विरुद्धमा अनिएका थिए भने सुन तस्की प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजिनामा माग्दै संसदमै अनशन बस्ने चेतावनी सम्म दिएका थिए ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आजै सभामुख देवराज घिमिरेलाई समेत संसद शर्मालाई नक्कली शैक्षिक प्रमाणको मुद्धामा पक्राउ परेको जानकारी गराएका छन ।