गएको चार बर्षमा नेपालबाट ८३७ चिनियाँ नागरिकलाई देश निकाला, बैशाख यता मात्रै २१ जना – Nepalboli

गएको चार बर्षमा नेपालबाट ८३७ चिनियाँ नागरिकलाई देश निकाला, बैशाख यता मात्रै २१ जना

   २५ श्रावण २०८०, बिहीबार  

गएको चार बर्षमा नेपालवाट ८ सय ३७ चिनियाँ नागरिकलाई नेपाल सरकारले देश निकाल गरेर चीन पठाएको देखिन्छ । पछिल्लो समयमा नेपालमा संगठित रुपमा अपराध गर्न थाले पछि चिनियाँ नागरिकहरु समातिने क्रम वढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार अवैध काममा संलग्न भएपछि सन २०१९ मा ४२७ जना, २०२० मा २२६ जना, २०२१ मा ३४ जना र २०२२ मा १५० जना देश निकालामा परेका थिए ।

गएको ३ गते मात्रै सय किलो भन्द्या वढी सुन समातिए पछि पनि त्यसमा संग्लन रहेको आरा्पमा एक जना चिनियाँ नागरिक समातिएका थिए । पछि उनको कनेक्सनले चिनियाँ नागरिकहरु प्रयोग गरिरहेको दुुई ओटा घरमा समेत राजश्वले छापा मारेको थियो ।

यसरी नेपालमा विभिन्न अपराधमा लागातार चिनियाँ नागरिकहरु समातिन थाले पछि प्रहरीले चिनियाँ नागरिकहरुले नेपालमा गर्ने अपराध र त्यसको नेक्ससलाई समेत तोडन अभियानहरु संचालनमा ल्याउने पहल गरिरहेको छ ।

गएको बैशाख यता मात्रै नेपालमा विभिन्न अपराधिक गतिविधीमा २१ जना चिनियाँ नागरिकहरु पक्राउ गरिएर देश निकाला नै गरिएको नेपाल सरकारको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीका अनुसार चिनियाँहरू पछिल्लो समय नेपालमा अनलाइन ठगीमा सक्रिय देखिएका छन । यस्तै, एटिएम ठगी, सुन तथा डलर तस्करी, वन्यजन्तु ओसारपसारमा पनि चिनियाँहरू पक्राउ परेका छन् । सात वर्षको तथ्याङ्क हेर्ने हो भने अपराधमा संलग्न चिनियाँ नागरिहरुको संख्या १५ सय बढी छ । विशेषगरी उनीहरूले पर्यटन भिसाको दुरूपयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका छन ।

गत महिना प्रहरीले ९ जना चिनियाँ नागरिकलाई पक्राउ र्गयो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी धन्दा चलाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको थियो ।

चार वर्षअघि त एकैपटक एक सय २२ जना चिनियाँ पक्राउ परेका थिए । माफिया गिरोहले उनीहरूलाई नेपालमा राखेर अवैध अनलाइन गेमिङ र ठगीको काम गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।

भिजिट भिसामा नेपाल आउने र कार्यालय खोलेर गैरकानुनी गतिविधि गरेको प्रहरी अनुसन्धाले देखाउँछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त ब्युरोले ‘विशेष अपरेसन’ नै चलाएर बुढानीलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरू पक्राउ गरेको थियो । उनीहरूलाई ९ वटा घरमा छापा मारेर पक्राउ गरिएको थियो ।
गत वर्षको वैशाखमा प्रहरीले २२ जना चिनियाँलाई एकैपटक पक्राउ र्गयो । बुढानिलकण्ठबाट पक्राउ परेकामा १० जना पुरूष र १२ जना महिला थिए । पर्यटक भिसामा नेपाल आएका उनीहरू अवैध अनलाइन जुवा खेलाउने काममा संग्लन थिए । उनीहरू भिसाको म्याद सकिए पनि नेपालमै बसिरहेका थिए ।

गत मंसिरमा काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भयो । बिहान साढे ११ बजे चक्कु प्रहार गर्ने चिनियाँ नागरिक नै थिए । उनले धारिलो चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएका थिए । ३७ वर्षीय फेङ्गजेङ्ग युनले ३२ वर्षीय लि चुआन र २९ वर्षीय गान साउजिंगमाथि चक्कु प्रहार गरेका थिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै