२४ तोला सुनसहित एक महिला पोखराबाट पक्राउ – Nepalboli

२४ तोला सुनसहित एक महिला पोखराबाट पक्राउ

   २५ श्रावण २०८०, बिहीबार  

पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका- १ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय बैदामका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी गुरुङ र सुनबारे अनुसन्धान भइरहेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै