ढुवानीका क्रममा नेपाल टेलिकमको दश लाख मुल्यको रिचार्ज कार्ड हरायो
नेपाल बोली
२०८० श्रावण २४, बुधबार
नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।
टेलिकमका अनुसार सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै
