भोलि बुधबारसम्म भारी वर्षा
![](https://www.nepalboli.com/wp-content/uploads/2023/08/teku-badhi_ktm.jpg)
देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। यस क्रममा काठमाडौं उपत्यकासहित देशका कतिपय स्थानमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार भोलि (बुधबार) सम्म भारी वर्षा हुने क्रम जारी हुने देखिएको छ।
‘अहिले मनसुनको न्यून चापीय रेखा (पानी पार्ने प्रणाली) नेपाल आसपास नै छ’, उनले मंगलबार दिउँसो भने, ‘त्यसैले कम्तीमा भोलिसम्म भारी वर्षा हुने सम्भावना छ।’
उनले थपे, ‘पर्सि (बिहीबार) देखि वर्षा कम हुँदै मौसम सुध्रिने अहिलेसम्मको अनुमान छ।’