विकास बजेट खर्च गर्नेमा वीरगञ्ज पहिलो, काठमाडौं महानगर सबैभन्दा कमजोर

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम विकास बजेट खर्च गर्ने महानगरमा परेको छ, काठमाडौं महानगरपालिका ।
देशका अरु पाँचवटा महानगरले ६० प्रतिशतभन्दा बढी विकास बजेट खर्च गरेका छन् भने सबैभन्दा धेरै बजेट भएको काठमाडौं महानगरपालिकाको ३६ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको काठमाडौं महानगरले आर्थिक वर्ष सकिँदा जम्मा ९ अर्ब १६ करोड ३३ लाख ७२ हजार मात्रै खर्च गरेको छ । यो ३६ दशमलव ०४ प्रतिशत मात्रै हो ।
तथ्यांकअनुसार वीरगञ्ज महानगरपालिकाले सबैभन्दा बढी अर्थात् ८० प्रतिशत विकास बजेट खर्च गरेको छ । वीरगञ्ज महानगरपालिकाको बजेट ४ अर्ब ४६ करोडमध्ये ३ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको हो ।
त्यस्तै पोखरा महानगरपालिकाले आफ्नो कुल बजेटको ६१ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ८ अर्ब ८४ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएकोमा ५ अर्ब ४५ करोड ५१ लाख ६८ हजार खर्च भएको हो ।
भरतपुर महानगरपालिकाले भने ६७ प्रतिशत बजेट खर्च गरेको छ । महानगरपालिकाले ल्याएको ६ अर्ब ५५ करोड बजेटमध्ये ४ अर्ब ३९ करोड खर्च गरेको हो ।
त्यस्तै ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाखमध्ये ६५ प्रतिशत बजेट खर्च गरेको छ । चालु र पूँजीगत गरी ललितपुरले ४ अर्ब १७ करोड ९३ लाख खर्च गरेको हो ।