प्रभु, हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा कारबाही – Nepalboli

प्रभु, हिमालयन र कुमारी बैंकलाई राष्ट्र बैंकद्धारा कारबाही

   २२ श्रावण २०८०, सोमबार  

राष्ट्र बैंकले गत चैतदेखि असारसम्म तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो।

प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।

त्यस्तै, कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ।

हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै