काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बुबा र छोरीको मृत्यु, दुईजना घाइते
नेपाल बोली
२१ श्रावण २०८०, आईतवार

काठमाडौंमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–३ चो गाउँमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको ज्यान गएको वडा अध्यक्ष परशुराम अर्यालले जानकारी दिए । गणेश तामाङकी श्रीमती र छोरा घाइते छन् ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै