डर-धम्की दिएर रकम असुल गर्ने पाँचजना पक्राउ – Nepalboli

डर-धम्की दिएर रकम असुल गर्ने पाँचजना पक्राउ

   १७ श्रावण २०८०, बुधबार  

काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक र रामेछाप स्थायी घर भएर काठमाडौं बस्दै आएका पाँचजना बुधबार पक्राउ परेका हुन् । पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङ छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै