रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदाममा छापा, ६६ वटा ‘ब्रेक शु’ बरामद
नेपाल बोली
१० श्रावण २०८०, बुधबार
राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको सोह्रखुट्टेको गोदाममा छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेर ६६ वटा ब्रेक शु बरामद गरेको हो ।
ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन तर स्थानीयले सुन रहेको आशंका गरेका छन ।
सो विषयमा विभागले थप अनुसन्धान भइरहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै