राष्ट्र बैंकद्धारा मूल्य वृद्धिदर ६.५ प्रतिशतमा कायम राख्ने लक्ष्य – Nepalboli

राष्ट्र बैंकद्धारा मूल्य वृद्धिदर ६.५ प्रतिशतमा कायम राख्ने लक्ष्य

   २०८० श्रावण ७, आईतवार  

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य लिएको छ।

राष्ट्र बैंकले चालु वर्ष २०८०/८१ को लागि मौद्रिक नीति जारी गर्दै ६.५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने गरी मुद्रा प्रवाह गर्ने नीति लिएको हो।

६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र मुद्रास्फीति ६.५ प्रतिशतभित्र रहने अनुमान गरेको छ। उपयुक्त लक्ष्य हासिल गर्न बजेटमा आर्थिक सुधारका कार्ययोजनाहरू प्रस्ताव गरिएका छन्, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा भनिएको छ।

गत आर्थिक वर्षमा सरकारले ७ प्रतिशतमा मूल्य वृद्धि सीमित पार्ने लक्ष्य लिएको थियो। जेठसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ७.७७ प्रतिशत पुगेको छ।

मौद्रिक नीतिको पुर्णपाठ-

https://drive.google.com/file/d/16zW8k8VkhDA5TwbzYAZvLSHkgj-12-Fr/view

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै