त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का, टक्सार कार्यालयमा बरामद सुन जोखिँदै – Nepalboli

त्रिभुवन विमानस्थलमा अझै सुन रहेको आशङ्का, टक्सार कार्यालयमा बरामद सुन जोखिँदै

   २०८० श्रावण ४, बिहीबार  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरमा अझै सुन रहेको आशङ्का गरिएको छ । परिसरमा अझै सुन रहेको आशङ्का रहेकाले राजस्व अनुसन्धान विभागले विशेष अप्रेसन गरेको जनाएको छ ।

विभागका महानिर्देशक नवरान ढुङ्गानाका अनुसार अझै सुन बाँकी रहेको आशङ्कामा अहिले विमानस्थलमा विशेष अप्रेसन जारी छ ।

महानिर्देशक ढुङ्गानाले भन्नुभयो, “उही प्रकृतिको सुन अझै विमानस्थल परिसरमा रहेको आशङ्कासहित विशेष अप्रेशन जारी छ । सुन छ भन्ने आशङ्का छ तर पहिलेको जति वा कम हो भन्ने थाहा छैन ।”

अहिले विशेष अनुसन्धानका लागि विभागका महानिर्देशक ढुङ्गाना विमानस्थलमै पुग्नुभएको छ ।

टक्सार कार्यालयमा बरामद सुन जोखिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखामा जोख्न पुर्‍याइएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार राति सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो सुन जोख्न पुलचोकस्थित राजश्व अनुसन्धान विभागबाट आठ वटा बाकसमा बबरमहल ल्याइएको हो ।

मोटरसाइकलरस्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाएर हङकङबाट तस्करी गरिएको उक्त सुन विमानस्थलस्थित भन्सार कार्यालयअगाडिबाट ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको थियो ।

सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।

यसैगरी, उक्त सुन जाँचपास भएको सम्बन्धमा छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समितिसमेत गठन गरिसकेको छ ।

साथै सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै