ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १७
नेपाल बोली
२८ असार २०८०, बिहीबार
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।
पौडेलले त्यतिबेला गैरकानुनी काम गरेर परिवारको नाममा बालुवाटारको जग्गा समेत लिएको पाइएको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
पौडेललाई काठमाडौंको गोकर्णबाट सीआईबीले पक्राउ गरेको हो। यसअघि मंगलबार भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ, भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ र मालपोतका कर्मचारीसहित चार जना पक्राउ परेका थिए।
ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले किर्ते र संगठितको कसुरमा अनुसन्धान गरिरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै