प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ।
उपचारका क्रममा सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो।
अस्पतालमा निधन भए पछि उनलाई श्रद्धान्ज्ली दिनका लागी माओवादी पार्टी कार्यलमा ११ वजे देखि १ वजे राखिएो थियो । जाहा पार्टीका तथा अन्य पार्टीहरुका शिर्ष नेताहरु पुुगेर उनी माथी श्रद्धान्जली व्यक्त गरेका थिए । उनलाई आजै २ वजे पशुपतिमा अन्तयेष्टि गनेृ कार्यक्रम छ ।