पार्टी रुपानान्तरणका लागी १४ बुदे घोषणा गर्दै सकियो कांग्रेस जिल्ला सभापतिहरुको भेला
नेपाल बोली
२२ असार २०८०, शुक्रबार
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिबद्धता पारित गर्दै सकिएको छ । बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिबद्धता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जनाएका छन् ।
पार्टीसँग सरकारका मन्त्रीको समन्वय नभएको, बजेटमा विभेद गरिएको, भ्रातृ संस्थालाई पूर्णता दिने क्रममा जिल्ला सभापतिहरुलाई बेवास्ता गरिएको, गुटको राजनीतिले पार्टी समस्यामा रहेको असन्तुष्टि सभापतिहरुले राखेका थिए ।
ती विषयहरुलाई केन्द्रीय समितिको बैठकमा उठाउने वचन दुई महामन्त्रीले दिएको भेलामा सहभागी एक नेताले जानकारी दिए ।
जिल्ला सभापतिहरुसँग निरन्तर संवादमा रहन ह्वाट्स एप ग्रुप बनाउने र त्यहाँ जिल्ला सभापतिहरूले त्यो ग्रुपमा आफ्ना गुनासो राख्ने निर्णय भेलाले गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै