सरकार मिटर ब्याज पीडितको न्यायको पक्षमा छ- उपप्रधानमन्त्री श्रेष्ठ
![](https://www.nepalboli.com/wp-content/uploads/2023/07/N-K-shreshtha.jpg)
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरूलाई न्याय दिन सरकारले कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले मिटर ब्याज पीडितका सम्बन्धमा सांसदले पास गर्नुपर्ने अध्यादेश पास नगरेकै कारण निष्क्रिय भए पनि पिडकहरू माथिको कारबाही नरोकिने स्पष्ट पार्नुभयो ।
सामन्तवादका अवशेषहरूले गरिब सर्वहारा नागरिकलाई जुन पीडित बनाएर ब्याजका नाममा शोषण गरेका छन् उनीहरू विरुद्धका कारबाही रोकिदैन, उहाँले भन्नुभयो ।
जिल्ला स्तरमा रहेको प्रमुख जिल्ला अधिकारी नेतृत्वका टिम अहिले पनि मिटर ब्याज पिडक माथिको कारबाही गर्न लागि रहने उहाँले जनाउनुभयो । उहाँले प्रहरीलाई भ्रष्ट्राचार नियन्त्रण, अपराध नियन्त्रणको अनुसन्धानमा राजनैतिक हस्तक्षेप भन्दा माथि रहन निर्देशन दिइएको बताउनुभयो ।