एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै प्रतिनिधीसभा र राष्ट्रिय सभा बैठक अवरूद्ध गरेको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिपछि उनलाई प्रधानमन्त्रीको पदमा बस्ने हक नभएको भन्दै एमालेले राजीनामा मागेको हो।
प्रतिनिधीसभामा र राष्ट्रियसभामा एमाले प्रधानमन्त्रीको भनाइमा उनी भारतको इशारामा नेपालको प्रधानमन्त्री नियुक्त भएको र यसलाई एमालेले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने बताउदै प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेको छ ।
एमालेको विरोध कै कारण प्रतिनिधीसभा र राष्ट्रिय सभाका बुधवार बैठक प्रभावित समेत भएको छ । दुवै बैठक विहिवार सम्मका लागी स्थगीत भएको छ ।
राष्ट्रिय सभा बैठक बुधवार बस्न नसके पछि मिटर ब्याजी समबन्धी महत्वपर्ण विद्येयक पारित हुन नसकेको पछि त्यसले अध्यादेश नै निस्क्रििय भएको छ ।