नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै
नेपाल बोली
२० असार २०८०, बुधबार
नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बस्ने पदाधिकारीको बैठक भोलि बोलाइएको जिल्ला सभापतिको भेलाका सन्दर्भमा छलफल हुुने छन । बैठकले एजेण्डा पनि तय गर्न काग्रेसले जनाएको छ ।
पार्टीको सांगठनिक काम कारबाही सहित कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको छ । उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफलको एजेन्डा हने बताए ।
कांग्रेसले अनलाइनबाटै नयाँ सदस्यता लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै