राप्रपाले तोक्यो प्रदेश संयोजक – Nepalboli

राप्रपाले तोक्यो प्रदेश संयोजक

   १९ असार २०८०, मंगलवार  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सातवटै प्रदेश संयोजक तोकेको छ। राप्रपाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकले सात प्रदेशका संयोजक तोकेको जानकारी दिएको हो।

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार नवीन राप्रपा -२०८० का लागि भन्दै सातवटै प्रदेशमा संयोजक तोकेको हो।

कोशी प्रदेशमा वरिष्ठ नेता एवं उपाध्यक्ष रोशन कार्की, मधेशमा बुद्धिमान तामाङ, बागमतीमा बिक्रम पाण्डे र गण्डीमा ध्रुबबहादुर प्रधान संयोजक तोकिएका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लुम्बिनी, उपाध्यक्षद्वय मुकुन्द श्याम गिरी कर्णाली र उद्धब पौडेल सुदूरपश्चिम प्रदेश संयोजक तोकिएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै