एमाले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते जनकपुरमा हुने – Nepalboli

एमाले मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते जनकपुरमा हुने

   १९ असार २०८०, मंगलवार  

नेकपा एमाले मधेश प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय भएको छ । एमालेका मधेश प्रदेश अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा सोमवार महोत्तरीको बर्दीवासमा भएको प्रदेश कमिटीको पुर्ण बैठकले पार्टीको प्रदेश कमिटीको अधिवेशन आगामी असोज ५ र ६ गते जनकपुरधाममा गर्ने निर्णय गरेको छ । वैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सवै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय पनि गरेको छ ।

जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उप समिती पनि वैठकमा घोषणा गरिएको छ । वैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्ना विभागका कार्ययोजना पेश गर्नुभयो ।
वैठकमा मधेश प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेश प्रदेशका केन्द्रीय सदस्य, संघिय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभाग जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।

वैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु पेश गरेका थिए ।

वैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई राशाइनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपवाट हुन सक्ने क्षती न्युनिकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद रोक्न, एमाले कार्यकर्ता एवं विभिन्न सोधासिधा जनतालाई झुटामुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेशमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो वनाउन आदि विषयमा ध्यानाकर्षण गराएको छ ।

वैठकलाई एमाले मधेश प्रदेशका ईन्चार्ज योगेश भट्टराईले सम्बोधन गर्दै नेकपा एमालेले केन्द्र र मधेश प्रदेशमा सुविधाजनक वहुमतको सरकार नवनाई मधेशको विकास र सवृद्धिको यात्रा अधुरै रहने दावी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै