प्रधानमन्त्रीलाई काग्रेस नेता रिजालको जवाफ- गिरिजाप्रसाद प्रति पश्चात होईन, प्रेरणा लिनु – Nepalboli

प्रधानमन्त्रीलाई काग्रेस नेता रिजालको जवाफ- गिरिजाप्रसाद प्रति पश्चात होईन, प्रेरणा लिनु

   १८ असार २०८०, सोमबार  

नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले स्व गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख नरहेको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताएका थिए ।

प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नु पर्ने तर आफूले गर्न नसकेकोमा पश्चताप लागेको धारणा राखेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे नेता रिजालले स्व। कोइरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए । उनले प्रधानमन्त्री दाहाललाई स्व कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे ।

‘प्रधानमन्त्रीले त्यो व्याख्यालाई त्यत्तिमै सिमित नगर्नु भए उचित हुन्छ, उहाँले गिरिजप्रसाद त गइसक्नु भयो, जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि व्यक्तिगत हानी पो के होला भनेर बोलेर मात्रै पुग्दैन,’ उनले भने, ‘प्रधानमन्त्रीले आज गिरिजाबाबुका बारेमा बोल्नु भयो, सुन्दा कुनै पनि कांग्रेसलाई आनन्द लाग्यो, हाम्रो यस्तो नेता हुनु हुन्थ्यो, प्रधानमन्त्री आज पनि उहाँप्रति कृतकृत हुनुहुन्छ, उहाँबाट प्रेरणा लिनहुन्छ ।’

नेता रिजालले प्रधानमन्त्री दाहालले १२ बुँदे सम्झौताको हरेक मसीको गहिराईलाई गम्भीरतापूर्वक बुझेर अघि बढे राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै