कांग्रेस नेतृत्वमा कोशीमा सरकार बनाउने सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनको शीर्ष नेताहरुको सोमवार बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । आइतवार मात्रै कोशीका प्रदेश प्रमुखले २१ गते भित्र दुुई वा सो भन्दा वढी दलहरुलाई मिलेर बहुमत सहितको सरकार बनाउन आब्हान गरेको छ । नेपाली काग्रेसले कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय यस अघि नै गरिसकेकाले अव त्या गठबन्धनको समर्थनमा थापाको नेतृत्वमा सरकार बन्ने छन ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
बैठकपछि पत्रकाहरुसँग उनले भने, हामी गठबन्धनमा भएको दलहरुको तर्फबाट नेपाली कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’
कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि आइतबार प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन् । तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।