कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु – Nepalboli

कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु

   १५ असार २०८०, शुक्रबार  

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।

आजको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि मत विभाजन हुने कार्यसूची छ ।

मुख्यमन्त्री कार्की हिजो प्रदेशसभाबाट बाहिरिएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक आज ११ः०० बजेका लागि बोलाइएको भए पनि १ घण्टा ढिलो सुरु भएको हो ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै