रास्वपाद्धारा ७७ जिल्लाकै लागी तोकिए सम्पर्क सांसद
राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ । नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।
नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसँग देशभरका सचेत नागरिकहरुले सिधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलंद गर्न’ सम्पर्क सांसद तोकिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आम आवाजलाई नीतिमा समेट्न, अब्बल नीति बनाउन र त्यसको कार्यान्वयनमार्फत् मुलुकको अवस्था बदल्नका लागि सांसदहरुलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई भने कुनै पनि जिल्ला तोकिएको छैन । जिम्मेवारी दिने क्रममा सांसदको गृह जिल्लामा अन्य थपेर बाँडफाँट गरिएको छ ।
सांसदलाई नागरिकले सीधा सम्पर्क गर्नसक्ने गरि नम्बर समेत उपलब्ध गराइएको छ ।
संसदहरुलाई तोकिएको जिल्ला
१, रवि लामिछाने-९८५१३६०५५५, सभापति -संसदीय दलको नेता
२, डोलप्रसाद अर्याल- ९८५१३३६७७४- बारा, धादिङ, कञ्चनपुर, कैलाली
३, विराजभक्त श्रेष्ठ- ९८६७४३७६०८- गुल्मी, दार्चुला, अछाम, पाल्पा
४, सन्तोष परियार – ९८५११४५०२२- भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५, निशा डाँगी- ९८६०१५१२४७ – झापा, मोरङ, इलाम, सल्यान
६, मनिष झा – ९८५१०७३७७५ – धनुषा, रौतहट, रुपन्देही, बझाङ
७, गणेश पराजुली – ९८५१०३९५६४- ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८, सोबिता गौतम -९८६०६६०८२७ – दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९, सुमना श्रेष्ठ – ९८०१०८३५५२- रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०, डा तोसिमा कार्की -९८४३२६७९६० -ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११, शिशिर खनाल – ९८५१२३४५६२ -रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२, हरि ढकाल -९८५११६४१६८ -सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३, डा स्वर्णिम वाग्ले -९८५५०६६१०७ – गोरखा, पर्सा, बैतडी, तनहुँ
१४, डा चन्दा कार्की -९८५१०२६७९३ -भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५, असिम शाह -९८५१०९०४९३ – काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६, लक्ष्मी तिवारी – ९८५८०२३२८० -प्युठान, परासी, बर्दिया, बाँके,
१७, अशोक कुमार चौधरी -९८०४३२८००५ -धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८, शिव नेपाली- ९८५६०४४३७१ -लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९, बिनिता कठायत -९८४०८४०७४६ -जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०, विन्दबासिनी कांसकार- ९८४२०९६९४३ – स्याङ्जा, बाग्लुङ, मकवानपुर