प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता – Nepalboli

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

   २०८० असार १४, बिहीबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गर्नुभएको छ ।

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै