कांग्रेसद्धारा बजेटको पक्षमा मतदान गर्न ह्विप
नेपाल बोली
१२ असार २०८०, मंगलवार
सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०।८१ को बजेटको पक्षमा मतदान सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरेका हुन् ।
बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी छ । बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका बेला कांग्रेसले ह्वीप जारी गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै