जसपाको विधान अधिवेशन सुरु – Nepalboli

जसपाको विधान अधिवेशन सुरु

   २०८० असार १०, आईतवार  

जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन आजबाट सुरु भएको छ । काठमाडौ स्थित प्रज्ञा प्रतिष्ठान सुरु भएको अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी छन् ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत भएको छ । सोमवार उक्त मस्यौदा माथी छलफल गर्ने कार्यक्रम राखिएको जसपाले जनाएको छ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेका हुन ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै