आइतबार बजेट सार्वजनिक गर्दै देशभरका स्थानीय तह – Nepalboli

आइतबार बजेट सार्वजनिक गर्दै देशभरका स्थानीय तह

   १० असार २०८०, आईतवार  

देशभरका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज (आइतबार) बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहहरुले हरेक आर्थिक वर्षको असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

विभिन्न प्रदेशका १० वटा स्थानीय तहहरुले भने बजेट ल्याइसकेका छन्। बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन्। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी देशभर ७५३ वटा स्थानीय तह छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका १, बागमती प्रदेशका १, गण्डकी प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा २ गरी १० स्थानीय तहले बजेट ल्याइसकेका हुन्।

संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ। संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनमा एक सूचक मान्ने गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै