प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर – Nepalboli

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

   ८ असार २०८०, शुक्रबार  

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने गरी बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा सांसदहरूले प्रश्न सोध्ने र प्रधानमन्त्री दाहालले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रश्नउत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रम अनुसार १७ समूहमा विभाजन गरिएको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो ।

बैठकमा आज संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि पनि छलफलको कार्यसूची छ ।

बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्ने सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै