समस्याको निकास दिन प्रमुख दलहरूको संयुक्त सरकार आवश्यक – डा भट्टराई – Nepalboli

समस्याको निकास दिन प्रमुख दलहरूको संयुक्त सरकार आवश्यक – डा भट्टराई

   ८ असार २०८०, शुक्रबार  

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण गर्नुपर्ने बताएका छन् । प्रमुख दलहरूको संयुक्त सरकार बनेमा संविधान र कानुनमा आवश्यक सुधार, शान्तिप्रकृयाका बॉकी कामको समापन गर्न सकिने डा भट्टराईको धारणा छ ।

सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेखेका छन्, ‘यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण,संविधान र कानूनमा आवश्यक सुधार,शान्तिप्रकृयाका बॉकी कामको समापन,थप जटील बन्दै गएको भूराजनीतिको कुशल व्यवस्थापन,जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला कि ? नत्र समयले कसैलाई नपर्खन सक्छ ।’

डा भट्टराईले पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा प्रमुख दलहरूको संयुक्त सरकार बनाउँदा उपयुक्त हुने तर्क पनि पेस गरेका छन् ।

गत निर्वाचन यता नेपाली राजनीतिको दिशा र गति झन उतारचढावपूर्ण हुँदै गएको भन्दै डा भट्टराईले यो देश र राजनीतिका निम्ती हितकर नभएको उल्लेख गरेका छन् । ‘ गत आमचुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताकोनिम्ति हितकर छैन,’ डा भट्टराईले लेखेका छन् ।

डा भट्टराईले राजनीति उतारचढावपूर्ण हुनुको कारण पनि दिएका छन् । उनले लेख्छन्, ‘विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुनसक्छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै