हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
![](https://www.nepalboli.com/wp-content/uploads/2023/06/Patan_curt.png)
उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
‘‘निवेदकले अन्तरिम आदेशको माग समेत गरेको सम्बन्धमा विचार गर्दा दुवै पक्षको छलफलपछि मात्र अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निष्कर्षमा पुग्नु वाञ्छनीय हुने हुँदा सो का लागि जेठ १२ गते छलफलको पेशी तोकिएको छ ।’’ अदालतको आदेशमा भनिएको छ, ‘‘सो को सूचना विपक्षीहरूलाई दिनु । साथै उक्त मितिसम्म हिन्दी एवम् अन्य चलचित्रहरू प्रदर्शन गर्न बाधा नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० ९क० बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी दिएको छ ।’’
हिन्दी फिल्म ‘आदिपुरुष’ को विषयलाई लिएर काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले महानगरभित्रका हलहरूमा सबै हिन्दी फिल्मलाई प्रतिबन्ध लगाएपछि नेपाल चलचित्र सङ्घले बुधबार रिट दायर गरेका थियो ।