सरकारद्धारा चीनको सिमा नाकामा सिमा-स्तम्भ पुर्नस्थापना गर्न टोली बनाउने निर्णय
मंगलवार बसेको मन्त्रीपरिषद बैठकले नेपाल चीन सिमाको तातोपानी झाडमु स्थित सिमा स्तम्भ पुर्नस्थापना गर्न टोली बनाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रीपरिषद निर्णय अनुसार सरकारले चीनीया सिमावाट गायव गरिएको सिमा स्तम्भ पुर्नस्थापन गर्न नेपाली टोली बनाएर चीनसंग सम्बन्य गरेर सिमा स्तम्भ पर्नस्थापना गर्ने छन ।
चीनिया सिमा नाकाहरुमा चिनीया पक्षहरुले ठाउ ठाउमा सिमा स्तम्भ नै गायव पार्न थाले पछि सरकारले सिमा स्तम्भ वारेमा टोली बनाएर बाम अगाडी वढाउन थालेका छन । यस अघि पन चीन संग जोडिएको जिल्लाहरु वाट चीनिया पक्षले सिमा स्तम्भ गाउव पारेको समाचारहरु आएका थिए ।
गत बर्ष गृहमन्त्रालयले एउटा समिति नै बनाएर चिनसंग सिमा नाकामा रहेको समस्याहरु वारेमा अध्यन गरेका थिए । तर उक्त अध्यन प्रतिवेदन गोप्य राखिएको छ ।
तर सरकारले अहिले सम्म चीनिया सिमा नाकामा रहेको समस्या वारेमा मुख खालेका छैन । पहिलो पटक सरकारले चीनिया सिमा नाकावाट गायब पारिएको सिमा स्तम्भ बारेमा निर्णय गरेको छ ।