काठमाडौमा चिनियाँ पक्षको म्याराथन दौडधुुप – Nepalboli

काठमाडौमा चिनियाँ पक्षको म्याराथन दौडधुुप

   ५ असार २०८०, मंगलवार  

नेपालका लागि चिनियाँ राजदूत चेत सोङले सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका छन्। एमाले केन्द्रीय कार्यालय च्यासलमा पुगेर राजदूत सोङले सोमबार दिउँसो ओलीसँग वार्ता गरेका हुन्। राष्ट्रियसभा गृहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीसहितले समाजवादी मोर्चा घोषणा गर्ने अन्तिम तयारी भईरह्दा चिनियाँ राजदूत र ओलीबीच वार्ता भएको हो।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चा घोषणा हुँदा एमालेबाट फुटेर गएको एकीकृत समाजवादी पनि जोडिएको छ। यो मोर्चाका कारण एमालेमाथि राजनीतिक दबाब बढ्न सक्ने आकलन गरिएको छ।

उक्त भेटवार्ताका क्रममा भएको कुराकानीबारेमा दुई पक्षले केही खुलाइसकेका छैनन्। तर नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले भेटेको भोलिपल्ट ओलीसँग काठमाडौंस्थित राजदूतले पनि भेटेका हुन्।

आइतबार मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले ओलीसँग च्यालसमै राजनीतिक भेटघाट गरेका थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले दलका नेताहरूसँग भेट गरेका थिए। आइतबार दिउँसो च्यासल पुगेर चिनियाँ नेतृ छु मिन सहितका चिनियाँ नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका थिए।

आइतबार नै उक्त टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूसँग पनि भेट गरेका थिए। उक्त टोली आइतवार नै राष्टपति कार्यलय पगुुेर त्याहा पनि राष्टपतिका प्रमुख स्वकिए सचिव सहितका समुहसंग छलफल गरेका थिए । यो टोली आइतवार नै रास्पाका नेताहरु सग समेत भेट गरेका थिए ।

जीएसआई र जीसीआईमा जोड्दै चीन

यतिबेला चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरिरहेकोलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

चिनियाँ टोलीले नेपालका नेताहरूसँग शिष्टाचार भेटवार्ता गरेको भनिए पनि स्रोतका अनुसार उनीहरूले सुरक्षा रणनीतिसँग सम्बन्धित राष्ट्रपति सी चिनपिङको अवधारणा ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) मा सहभागिताका लागि नेपाललाई दबाब दिइरहेका छन्।

चीनले आफ्ना परियोजनाहरूको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत अघि बढाएको छ। यस्तै बीआआईमा नआएका विकसित देशहरूमा आफ्नो प्रभाव विस्तारका लागि जीसीआई र जीएसआई अवधारणा अघि सार्ने गरेको हो।

नेपालको अनिच्छाका बीच चिनियाँ नेताहरूको टोलीले जीएसआई र जीसीआईमा सहभागी हुन दबाब दिइरहेको दाबी केही नेताहरूको छ। त्यसैका लागि उनीहरू नेपालका नेताहरूलाई प्रभावमा पार्न दौडधुप गरिरहेका छन्। यद्यपि, ती नेताहरू यस विषयमा खुलेर बोल्न चाहदैनन्।

हालै भएको नेकपा (एमाले) का नेतासमेत रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको चीन भ्रमणमा पनि चिनियाँ पक्षले नेपाललाई जीएसआई र जीसीआईमा सभागिताका लागि आग्रह गरेको थियो। यसअघि माओवादी केन्द्रका नेता तथा निर्वतमान प्रतिनिधिसभाका पूर्वसभामुख अग्निप्रसाद सापकोटाको चीन भ्रमणमा समेत यो विषयले स्थान पाएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै