सबैलाई सधै ठग्न सकिन्न – डा भट्टराई – Nepalboli

सबैलाई सधै ठग्न सकिन्न – डा भट्टराई

   ५ असार २०८०, मंगलवार  

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूवैप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य बस्तु नभएको बताएका छन् ।डा भट्टराईले समाजवाद उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको पनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उनले मोर्चालाई भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङ गर्ने हतियार नबनाउन पनि सुझाएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले लेखेका छन् ।

सबैलाई सधै ठग्न नसकिने भन्दै डा। भट्टराईले त्यसबारे हेक्का राख्न मोर्चा बनाउने नेताहरूलाई चेतावनी दिएका छन् । ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै