प्रतिनिधि सभा बैठकमा चार मन्त्रालयको बजेटमाथि छलफल हुदै – Nepalboli

प्रतिनिधि सभा बैठकमा चार मन्त्रालयको बजेटमाथि छलफल हुदै

   ५ असार २०८०, मंगलवार  

प्रतिनिधि सभा बैठकमा आज तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेटमाथि छलफल हुँदैछ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०० बजे बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै