रास्वपामा दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन – Nepalboli

रास्वपामा दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन

   २०८० असार ५, मंगलवार  

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो ।

उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहेको पार्टीले जनाएको छ । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जनाइएको छ ।

उक्त दस्तावेजमाथि पटकपटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै