दुुई बर्ष अघि नै निर्माण सम्पन्न हुुनुपर्ने रसुवा सुक्खा बन्दरगाह अझै कछुुवा गतीमा – Nepalboli

दुुई बर्ष अघि नै निर्माण सम्पन्न हुुनुपर्ने रसुवा सुक्खा बन्दरगाह अझै कछुुवा गतीमा

   ४ असार २०८०, सोमबार  

अहिले सम्म पैंतालीस प्रतिशत निर्माण सम्पन्न

चिन सरकारको आर्थिक सहयोगमा बनिरहेको रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह सम्झौता आुसार २०७८ मै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर समयसिमाको दुुई बर्ष वढी नाघे पनि उक्त परियोजनाको काम सन्तुुष्ट देखिएको छैन । अहिले सम्म ४५ प्रतिशत काम मात्र सकिएको परियोजजाले जनाएको छ ।

चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको काम गरिरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको समितिले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समयदेखि काम रोकिएकामा अहिले नियमित रूपमा निर्माण भइरहेको समितिले जनाएको छ । बन्दरगाह निर्माणको काम तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ । कम्पनीका प्रबन्धक हवाङ पिङले बन्दरगाह निर्माणको काम नियमित रूपमा भइरहेको जानकारी दिनुभयो ।

सन् २०१९ मा शिल्यानाश गरिएको यो बन्दरगाहको निर्माण सम्पन्न गर्नु पर्ने समय पटक पटक थपिर्द आएका छन । यद्यपी अहिले पनि ठिक ढंगले काम नबढेको गुनासाहरु आएका छन । दुई अर्ब १६ करोड ६० लाख रुपियाँको लगानीमा बन्दरगाह निर्माण हुन लागेको हो ।

बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन् । बन्दरगाहभित्र इमिग्रेसन, पार्किङको व्यवस्था रहने छ । त्यस्तै कार्गो गोदाम र दुई वटा भवन निर्माण गर्ने योजना छ । समितिका अनुसार बन्दरगाहमा एकीकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन कार्यालय, बैङ्क र सुरक्षासमेतका निकाय रहने छन् ।

सन् २०१९ को नोभेम्बरबाट काम सुरु गरि ३० महिना भित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि कामले गति लिन नसकेको जनाएको छ ।

नेपाल र चीनबीच भएको सम्झौता अनुसार चीनियाँ पक्षले सुख्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै