समाजवादी मोर्चाको घोषणा सोमवार नै हुने
माओवादी केन्द्रसहितको समाजवादी मोर्चा सोमवार नै घोषणा हुने भएको छ । आजै बिहान बसेको माओवादी, नेकपा एस, जसपा सहितका शिर्ष नेताहरुको बैठकले समाजवादी मोर्चा सोमवार ४ वजे एक कार्यक्रम गरेर घोषणा गर्ने तय गरेको हो ।
आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफलमा बाबुराम सहभागी नभए पनि उनी समेत मोर्चामा सहभागी हुने निश्चित भएको नेताहरुले बताएका छन । यस अघि नेताहरुले मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय गरेको बताएका थिए ।
‘राष्ट्रिय सभागृहबाट भोलि (असार ३ गते) समाजवादी मोर्चा घोषणा हुन्छ’, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भने, ‘अहिलेसम्म छलफलमा रहेका दल (माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी) बीच भोलि नै मोर्चा घोषणा गर्छौं र पछि अन्य दललाई समेटेर मोर्चालाई बृहत् बनाउँछौँ।’
सोमबार अपराह्न मोर्चा घोषणा गरिने उनको भनाइ छ।
माओवादी केन्द्रका महासचिव देव गुरुङले पनि भोलि (सोमबार) समाजवादी मोर्चा घोषणा गरिने बताए।