बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
![](https://www.nepalboli.com/wp-content/uploads/2023/06/pm-upper-house.jpg)
शनिबार राति परेको वर्षासँगै आएको बाढी पहिरोमा परी धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । शनिबार पूर्वी नेपाल र देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षति पुगेको छ । पूर्ण विवरण भने अझै आउन बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डले बेपत्ता भएकाहरूको खोजी, उद्धार एवम् राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा क्षति पुगेको विवरण आएको छ ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री प्रचण्डले प्रभावित क्षेत्रमा सबैले सहयोग गर्न अपिल गर्नुभएको छ ।