प्रतिनिधिसभा बैठकमा तीन मन्त्रालयको बजेट माथी छलफल हुदै
नेपाल बोली
३ असार २०८०, आईतवार
प्रतिनिधि सभा बैठकमा आज तीन मन्त्रालयको बजेटबारे छलफल हुँदैछ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ ।
संघीय संसद् सचिवालयले निकालेको कार्यसूचीअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुनेछ ।
सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै