प्रधानन्यायाधीश कार्कीद्धारा शपथ तथा पदभार ग्रहण
नेपाल बोली
१ असार २०८०, शुक्रबार
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ लिए पछि कार्की आजै पदभार समेत ग्रहण गरेका छन ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै