संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन – Nepalboli

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

   १ असार २०८०, शुक्रबार  

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ । सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै