मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त
नेपाल बोली
३२ जेष्ठ २०८०, बिहीबार
शंकरदास वैरागी बने राष्ट्रिय सुरक्षा सल्लाहकार
सरकारले मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाएको छ भने यसअघिका मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउँदै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले उक्त जानकारी दिएका हुन्।
नवनियुक्त मुख्यसचिव अर्यालले उद्योग सचिव, सञ्चार सचिव र प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिव भएर काम गरिसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै