१० बर्षमा ३८ सय भन्दा वढी चर्च थपिए काठमाडौमा

काठमाडौमा मात्रै चर्चको संख्या चार हजार बढी
धर्म रुपानान्तरणको धन्दामा क्रिश्चियनिटीहरु लागेको आरोप लागीरह्दा काठमाडौ महानगरमा गएको एक दशकमा अत्याहलाग्दो ढंगले चर्चको संख्या वढेको देखिएको छ । गृहमन्त्रालयले ०७० सालमा तयार पारेको प्रतिवेदनमा काठमाडौ महानगरमा १८७ ओटा चर्चा रहेको तथ्यांक थियो । तर अहिले यो संख्या चार हजार नाघेको राष्ट्रिय क्रिश्चियन महासंघले जनाएको छ ।
एक दशकअघि गृह मन्त्रालयले तयार पारेको एउटा प्रतिवेदनमा मुलुकभर एक हजार ४०५ चर्च रहेको उल्लेख छ । तर हाल उक्त संख्यामा १० गुणाले वृद्धि भएर १५ हजार पुगिसकेको राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सिबी गहतराजले बताए ।
उनका अनुसार ललितपुरमा मात्रै दुई हजार आठ सय चर्च थपिएको छ । ११८ बाट चर्चको संख्या बढेर पछिल्लो एक दशकमा तीन हजार नाघेको छ । ललितपुरपछि सबैभन्दा बढी चर्च भएका जिल्लामा धादिङ, मकवानपुर र कञ्चनपुर छन् ।
सबैभन्दा सानो जिल्ला भक्तपुरमा पनि ९० वटाको हाराहारीमा चर्च खुलेका छन् । त्यस्तै, तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा ५०, रोल्पामा १०, रुकुममा २५ र सल्यानमा ५२ वटा चर्च छन् ।
नेपालमा क्रिश्चियन धर्म मान्ने १३ वटा सम्प्रदाय रहेको हालैको एक सर्वेक्षणले देखाएको छ । जसमा एउटै सम्प्रदायमा झण्डै सात लाख धर्मावलम्बी छन् ।
विसं२०६८ सालको जनगणनाअनुसार मुलुकमा एक दशमलव चार प्रतिशत अर्थात तीन लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी थिए । हाल मुलुकमा ३० लाखको हाराहारीमा क्रिश्चियन धर्मावलम्बी रहेको जनाइएको छ ।
पछिल्लो समय नेपालमा पश्चिमहरु देशहरु क्रिश्चियनिटी वढाउन विभिन्न एनजिओ र आइएनजिओहरु मार्फत धर्म रुपानान्तरणको कामहरु गरिरहेको चर्चा भईरह्दा काठमाडौ सहित देशभरी चर्चको संख्या ह्वातै वढेको राष्ट्रिय क्रिश्चियन महासंघको तथ्यांकले देखाएको छ ।